ज्योति बिकास बैंक १२ बर्षमा प्रवेश गरेको छ । बैंकको स्थापना २०६५ साल श्रावण ९ गते देखि भएको थियो । सिन्धुलीमा ६ महिना पहिला बैंक संचालनमा आएको हो ।ज्योति बिकास बैंक सिन्धुलीका स्थानीय माझ छिट्टै लोकप्रिय बैंकको रूपमा चिनिएको छ । स्थापनाको छोटो अबधिमा यो बैंकले ९ करोड ७६ लाख लगानी गरेको बैकका सिन्धुली शाखा प्रमुख शबिनले जानकारी दिए । यस्तै बैकले बचतमा ११ करोड ४४ लाख जम्मा गर्न सफल भएको पनि उनले जानकारी दिए । शाखा प्रमुख श्रेष्ठका अनुसार सिन्धुली जिल्लामा पहिलोपटक निजि क्षेत्रबाट ज्योतिले सुनचादी धितो कर्जा दिन थालेको छ । ज्योति बैंक सिन्धुली जिल्लामा एक मात्रै लकर सुबिधा भएको बैंक हो । ज्योति बिकास बैंकले सिन्धुलीमा छिट्टै एटिएम मेसिन पनि ल्याउने जनाएको छ । ज्योति बैंक सिन्धुली शाखाले आफ्नो स्थापना दिबशका अबसरमा मिठाई बाढेर खुशीयाली आदानप्रदान गरेको छ । हाम्रो सुरक्षित बचत खाता सञ्चालन : उता वार्षिकोत्सवकै अवसरमा बैंकले ‘हाम्रो सुरक्षित बचत खाता’ नामक नयाँ बचत खाता पनि सार्वजनिक गरेको छ । बचतसंगै ५ लाखसम्म दुर्घटना बीमा तथा १ लाखसम्म औषधि उपचार खर्च प्रदान गर्ने नयाँ बचत खाताले ग्राहकवर्गलाई थप सुविधा पुर्याउनेमा बैंकले विश्वास लिएको जनाएको छ । हाल बैंकका ९७ शाखा कार्यालय र २ एक्सटेन्सन काउन्टर तथा ४० वटा एटीएम मार्फत सेवा उपलव्ध हुदै आईरहेको बताइन्छ । यसै आर्थिक वर्षमा थप १२ वटा नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ । अन्य थप २५ स्थानबाट समेत एटीएम मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको बैंकले जानकारी दिएको छ । हालसम्म बैंकले २ लाख ४० हजारभन्दा बढी खाताबाट रु.२९.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढी ऋणीलाई रु. २५.५० अर्वभन्दा बढी लगानी गर्न सफलता पाएको जनाएको छ । बैंकले हाम्रो बिकास बैंकलाई प्राप्ति गरेपश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुगेको पनि जनाएको छ ।