वल्ड भिजनले सिन्धुलीको गोलोन्जर ३ मा पहिरो पीडितलाई आज राहत बाढेको छ ।  पहिरोमा परेेेर घरमा प्रत्यक्ष  क्षति पुगेका ७ घर धुरीका स्थानीयलाई वोर्ल्ड भिजनले  सहयोग गरेको हो । हाम्रा सहकर्मी गौरव कार्कीका अनुसार पहिरो पीडितलाई राहत स्वरूप बितरण गरिएको सामाग्रीमा खाद्यान्न सङ्गै त्रिपाल पनि छ । सात घर मध्य हरेक घरमा ६ हजार ९ सय ५० रुपैयाका दरले राहत सामाग्री बितरण गरिएको  हो । गोलन्जर गाउँपालीका ३ का वडा अध्यक्ष पुष्कर राज बरालको अध्यक्षतामा, कम्युनिस्ट पार्टी गोलोन्जरका अध्यक्ष दिपक थापा, बैंकर्स, स्थानीय र प्रहरीको रोहवरमा उक्त राहत सामाग्री बाडिएको सुदिप(गौरव ) कार्कीले जानकारी दिनुभएको खबरमा उल्लेख छ । कार्कीका अनुसार  राहत सामाग्री गोलोन्जरको ३ नम्बर वडामा मात्रै बितरण गरिएको हो । असार २६ देखि २८ असार सम्म अविरल परेको पानीले  त्यहा  अहिलेसम्म  ३७ जना घर पीडित उजुुरी गर्न  आएका छन । खोलाले खेतीयोग्य जमिन पुरेको र बगाएको लेखाजोखा भने हुन बाकी रहेकोे कार्कीले हामीलाई  बताउनुभयो । आज पहिलो चरणमा घर पीडितलाई राहत बाडिएको कार्कीले जानकारी दिनुभएको छ ।