सिन्धुलीको सुनकोसी नदी एरियामा आज एकै दिन ३ वटा शब फेला परेको छ । सुनकोसी गाउँपालिका र फिक्कल गाउँपालिकामा पर्ने सुनकोसी नदि एरियाको किनारमा ति शब फेला परेको प्रहरीले जनाएको छ । बेवारिसे अवस्थाका भेटिएका शव मध्ये दुई वटा पुरुषको र एउटा शवको पहिचान खुक्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाका अनुसार सुनकोसी गाउँपालिका ५ मुलकोटमा एक पुरुष र सुनकोसी गाउँपालिकाकै ६ नम्बरमा अर्का एक पुरुषको शव फेला परेको हो । उता फिक्कल गाउँपालिका ६ स्थित रत्नावतीमा पर्ने सोखु खोलाको दोभान स्थित सुनकोसी नदीमा पनि गडेको अवस्थामा एउटा शव पाइएको छ । उक्त शब सुनकोसी नदीबाट निकाल्न बाँकी रहेको प्रहरीको भनाई छ ।नदीमा भेटिएका शवहरू अन्तै बाट बाढीले बगाएर ल्याएको हुन सक्ने प्रहरी नायव उपरीक्षक लामाले बताए । प्रहरीले सुनकोसी नदी आसपास नजान भन्दै स्थानीय माझ माइकिङ पनि गरेको जनाएको छ ।