पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अस्पताल पुगेर सिन्धुलीका शहीद दुर्गा सुबेदीकि पत्नि कल्पना सुबेदीको स्वास्थ लाभको कामना गर्नु भएको छ । आज काठमाडौंको टिचिंग अस्पताल पुगेर भट्टराईले स्वास्थ लाभको कामना गर्नुभएको हो । पुर्ब प्रधानमन्त्री भट्टराईले शहीदकि पत्नी सुबेदीको स्वास्थ स्थिति बुझेपछि सामाजिक संजालमा यस्तो लेख्नु भएको छ-“मुटुको सफल शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहेकी शहीदपत्नी,जनयुद्धकी जुझारू नेतृ,संविधानसभा सदस्य,समाजवादी पार्टीकी केन्द्रीय सल्लाहकार कल्पना सुवेदीको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना ! ” सिन्धुलीकि कल्पना सुवेदी सहिद दुर्गा सुवेदीकी जीवन सङ्गिनी हुनुहुन्छ । उहाँ १८ बर्षमा विधवा हुनुभयो । जीवन नै राजनीतिमा लगाएर देश, जनता र परिवारको निम्ति पुनर्विवाह समेत नगरी समय खर्चिने उहाँलाई धेरैले जिल्लामा बहादुर नारी भनेर चिन्छ्न । सिन्धुलीकि अग्रज नेतृ सुवेदीले निरंकुश पन्चायतको बिरूद्ध जनयुद्धमा जीवन हत्केलामा राखेर खट्नुभयो । उहाँले बारम्बार हिरासत र जेल जीवन पनि भोग्नुभयो । ऐतिहासिक संविधानसभाको सदस्य समेत बनेर संविधान बनाउन योगदान पनि गर्नुभयो । सुवेदी अहिले समाजवादी पार्टीको केन्द्रीय सल्लाहकारको भूमिकामा हुनुहुन्छ ।