सुनकोसी गाउँपालिकाले सिन्धुलीको नयाँ प्रहरी प्रमुख रन्जु सिग्देलको स्वागत गरेको छ । यस्तै गाउँपालिकाले जिल्लाका पुर्ब प्रहरी प्रमुख चक्र बहादुर सिंहको बिदाइ पनि गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरी नयाँ प्रहरी प्रमुख सिग्देलको स्वागत र प्रहरी प्रमुख सिंहको बिदाइ संयुक्त रुपमा गरेको हो । सिन्धुली प्रहरी प्रमुख एसपी रन्जु सिग्देलको स्वागतमा गरिएको कार्यक्रममा सिन्धुलीका पुर्ब प्रहरी प्रमुख चक्र बहादुर सिंहको पनि उपस्थिति थियो । आफ्नो कार्यकाल पूरा गरी सरुवा भइ जान लागेका पुर्ब प्रहरी प्रमुख सिंहले आफू नयाँ कार्यक्षेत्रमा जान लागेपनि सिन्धुलीका जनताको माया र साथलाई सधैं सम्झिरहने बताउनुभयो । सिन्धुलीका पुर्ब प्रहरी प्रमुख सिंहले भन्नुभयो-“आम सिन्धुलीबासी नागरिकको साथ र सहयोगका कारण आफ्नो कार्यकाल सफल भएको ठानेको छु।” उहाँलेअपराध नियन्त्रण प्रहरीको मात्र एकल विषय नभएको भन्दै प्रहरीलाई नागरिक समाजको निरन्तर सहयोग चाहिने उल्लेख गर्नुभयो । सो अबसरमा जिल्लाका नयाँ प्रहरी प्रमुख सिग्देलले आफू भर्खरै मात्र सिन्धुलीमा आएकोले अघिल्ला प्रहरी नेतृत्वले अघि सारेका राम्रा कामलाई निरन्तरता दिँदै प्रहरी संगठनलाई भरोसा योग्य बनाउन लागिपर्ने बताउनुभयो । कार्यक्रममा सुनकोसी गाउँपालिका प्रमुख दीपा बोहरा दाहालले जिल्लाका पुर्ब प्रहरी प्रमुख सिंहको कार्यकाल सिन्धुलीमा सफलतापूर्वक बितेको बताउँदै नयाँ प्रहरी प्रमुख सिग्देलको कार्यकाल पनि सफल हुने विश्वास लिएको धारणा व्यक्त गर्नुभयो ।  यताा जिल्ला प्रहरी प्रमुखमा पहिलोपटक महिलाको कमान्ड हुने भएकाले सिन्धुली जिल्लामा यो विषयलाई चासोको साथ हेरिएको छ ।