मङ्सिर ६ गतेदेखि प्रारम्भ हुने ‘राइड थ्रु सिन्धुलीगढी २०१९’ को पुर्ब सन्ध्यामा आज काठमाडौंमा साइकल वर्कसप आयोजना गरिएको छ । उक्त साइकल वर्कसपमा ५० भन्दा बढी व्यवसायिक साइकलयात्रीको सहभागिता रहेको जनाइएको छ । वर्कसपमा विशेष गरेर साइकलमा हुन सक्ने संभाबित दुर्घटना र बच्न कस्ता सुरक्षा उपाए अपनाउने, साइकल बिग्रेमा मर्मत कसरी गर्ने, साइकल चलाउँदा ध्यान दिनुपर्ने आधारभुत कुराहरुको जानकारी दिएको थियो । वर्कसपमा साइकल यात्रुको सुरक्षा लगायत विषयमा पनि साइकल अभियन्ता देवेन्द्र बस्नेतले आफ्नो अनुभब सेयर गर्नुभयो । यस्तै सोही वर्कसपमा व्यवसायी रञ्जन श्रेष्ठले पनि साइकलका विषयमा आफ्नो अनुभव सेयर गर्नु भएको बुझिएको छ । साइकल यात्रामा सहभागी हुने अभियन्ताहरुका अनुसार काठमाडौं देखि बीपी मार्ग हुँदै उक्त साइकल यात्रा सिन्धुलीको सिन्धुलीगढी पुग्छ । त्यहा बाट साइकल यात्री जनकपुरधाममा पुगेर उक्त साइकल यात्रा अन्त्य हुने आयोजकले जानकारी दिएका छन । तर बि.पी मार्ग भएर यात्रा गर्ने कतिपय स्थानीयले धुलिखेल नजिकैको काभ्रेभञ्ज्याङमा यो पाली साइकल यात्रीले सास्ती ब्यहर्नु पर्ने सम्भावना रहेकोेमा चिन्ता ब्यक्त गरेका छन । ती स्थानीय बासीका अनुसार पिच बाटो भत्काएर फेरि पिच गर्ने भन्दै डोजर चलाइएको उक्त एरियामा धुलोले सास्ती हुने गर्छ । त्यसमाथि धुलो नउडोस भनेर स्थानीयले काभ्रेभञ्ज्याङ् एरियामा राखेका सयौं ब्रेकरहरुले अहिले साना सवारी चालकलाई समेत तनाव हुने गरेको एक सवारी चालक प्रवेश सापकोटाले दुखेसो गरे । सापकोटाले भने-“सडकमा चाहिने भन्दा बढी ब्रेकर राखिएको देखियो, त्यो गलत छ ।” उता काभ्रे छिचोल्दै सिन्धुली प्रवेश गर्ने नाकातिर बि.पी राजमार्गमा चल्ने ठुला ड्रम ट्रक र मालबाहक सवारीले बनाएका ठुला ठुला खाल्डाखुल्डी पनि यो पाली साइकल यात्रीलाई टाउको दुखाइ हुन सक्ने कतिपयले आङकलन गरेका छन । उनीहरुको बुझाइमा सिन्धुलीगढीको प्रचारप्रसारमा सहयोग पुर्याउने यस्ता रोमाञ्चक साइकल यात्रा आबस्यक भए पनि सडक सुरक्षामा पनि आयोजकले ध्यान दिनुपर्ने देखिन्छ । त्यसका लागि साइकल यात्राको पुर्ब सन्ध्यामा आयोजकले रेकी गर्दै स्थानीय जनप्रतिनिधि सङ्ग समन्वय गरेर राजमार्गमा बनेका खाल्डाखुल्डी पुर्न लगाउनु आबस्यक छ । साइकल यात्राले पहाड र मधेशको सद्भाव, अनि संस्कृति र इतिहासलाई जोड्ने मुख्य ध्यए रहेको समृध सिन्धुली अभियानले बताउदै आएको छ । पर्सि मंसिर ६ गते काठमाडौँको पशुपतिबाट सुरु हुने उक्त साइकल यात्रा चार दिन सम्म निरन्तर हुने आयोजकले जनाएका छन । हरेक बर्ष हुने उक्त साइकल यात्रामा स्वदेशी सङ्गै बिदेशी यात्री पनि सहभागी हुने गरेका छन । पहिलाका तुलनामा यो पाली साइकल चलाउने महिला प्रतिनिधि धेरै हुने समृध सिन्धुली अभियानका एक अभियन्ताले बताए । अघिल्लो बर्षको साइकल यात्रामा एक ८ बर्सिय बालक चर्चाको केन्द्रमा थिए । इतिहास, संस्कृति र सद्भाव जोड्दै काठमाडौँ देखि सिन्धुलीगढी अनि जनकपुरसम्म हुने साइकल यात्रा अहिले एउटा ब्रान्ड बनेको देखिन्छ । तर जिल्लामा पर्यटन भित्र्याउन सहयोगी बन्न सक्ने उक्त साइकल यात्रालाई प्रमोट गर्न स्थानीय जनप्रतिनिधि भने चुकेको जस्तो देखिन्छ । समृद्ध सिन्धुली अभियानले चार वर्ष अघि देखि सुरु गरेको साइकल यात्रामा स्टोरी साइकलले व्यवस्थापकीय सहयोग गर्दै आएको बताइन्छ । जहाँ जे भए पनि बि.पी राजमार्गको साइकल यात्रा रमाइलो हुन्छ । जुनारको रसिलो जुस पिउदै रौसिएर नाच्दै-गाउदै साइकल यात्रा हजुर सरर बि.पी राजमार्गमा !