सिन्धुली । तत्कालिन नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम सिन्धुलीको जिल्ला समिति समायोजन आज हुने भएको छ । समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा समाजबादी पार्टीका वरिष्ठ नेता असोक राइ लगायतका नेताहरुको सहभागीता रहने समाजबादी पार्टी समायोजन समिति सिन्धुलीले जनाएको छ । समायोजन सभा पछि आजै समाजबादी पार्टीको सिन्धुली जिल्ला नयाँ कार्यसमिति समेत घोषणा गरिने समाजबादी पार्टीका ३ नम्बर प्रदेश सह इन्चार्ज दीर्घराज श्रेष्ठले जानकारी दिनुभयो । सिन्धुलीको प्रयास होटेलमा हुने उक्त कार्यक्रममा समाजबादी पार्टीका महासचिव गङ्गा नारायण श्रेष्ठ लगायतका केन्द्रिय नेताहरुको पनि सम्बोधन हुने श्रेष्ठले बताउनु भयो । उक्त कार्यक्रममा सहभागी हुन २ नम्बर प्रदेशका मुख्य मन्त्री, र अन्य मन्त्रीहरूको पनि सहभागीता रहने श्रेष्ठले जानकारी दिनुभयो ।