दुर्घटना अप्डेट : सिन्धुलीको मरिन बाट काठमाडौं जादै गरेको ना ३ ख ९६८४ नम्बरको गाडी खुर्कोट पर्तिरको कानढुंगेमा दुर्घटना हुँदा एक दर्जन बढी घाइते भएका छन । घटनामा परेका घाइते मध्य दुईको अबस्था सिरियस रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका मरिण गाउँपालिका–४ का बर्षिय ४ सुलभ माझी र उनका बुवा ३२ बर्षिय बशन्त माझी र आमा रुपा माझीलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अन्यको भने खुर्कोट स्थित सामुदायिक अस्पतालमा उपचार भईरहेको खुर्कोट प्रहरीले जानकारी दिएको छ । घटनामा अरु एक दर्जन बढी घाइते भएको प्रहरीले जनाएको छ । घटना भएको ठाँउ खुर्कोट नजिकै पर्छ । खुर्कोट पर्तिरको खोल्सीलाई कानढुगे भनिन्छ । बाटो हिलो भएकाले दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । दुर्घटनामा परेको उक्त बस सडक बाट २० मिटर तल खसेको थियो । खुर्कोटबाट स्थानीय मनिस कार्कीले दिनुभएको जानकारी अनुसार प्रहरी र स्थानीय मिलेर घटनामा परेकाको उद्दार गरिएको हो । दुई दिन देखि परेको अविरल बर्षाका कारण अहिले बिपि राजमार्ग र मध्य पहाडी लोकमार्ग ठाँउ ठाँउमा अबरुद्ध भएको छ । राजमार्गको ठाँउ ठाँउमा पहिरो गएकोले यातायात संचालनमा समस्या देखिएको स्थानीय सवारी चालकहरुले जनाएका छन ।