नेपाली सेनाले सिन्धुलीगढिमा एकीकरण संग्राहलय निर्माण गर्ने जनाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सम्बोधन गरेको पुर्ण पाठमा नेपालिसेनाले सिन्धुलीगढीमा संग्राहलय बनाउने लेखिएको छ । नागरिक सेना सहयोग अभियान अन्तर्गत यो पाली सिन्धुली गढिमा एकिकरण संग्राहलय बनाउन प्रधानसेनापतीले नम्बर ९ बाहिनी पतिलाइ स्थानीय स्तरमा समन्वय गरि तत्कालै काम गर्न निर्देशन दिएका छन । इतिहास जगाउने भबिस्य देखाउने लक्ष्यका साथ शुरु गरिएको पदमार्ग निर्माण कार्यले रास्ट्रिय एकता मजबुत हुदै जाने आफुले बिश्वास लिएको प्रधानसेनापतीको सम्बोधन आलेखमा छ । सिन्धुलीगढीमा संग्राहलय बनाउने विषयमा प्रधानसेनापतीले सम्बोधन गरेको स्टोरीमा लेखिएको छ-“बिनियोजित बजेट तत्कालै सम्बन्धितलाई उपलब्ध गराउन आबस्यक ब्यबस्थापन निति योजना निर्देशक र बजेट निर्देशकलाई निर्देशन गर्दछु ।” नागरिक सेना सहयोग क्षेत्र बिस्तारका लागि एकीकृत पदमार्ग, नेपाल भ्रमण बर्ष २०२०, बृहत मिडिकल क्याम्पहरु, सफा हिमाल, सफा ताल, सफा नदि कार्यक्रमका साथै चुरे संरक्षण लगायत अन्य नागरिक सेना सहयोगका कार्यहरु गरिने प्रधानसेनापतीको सम्बोधनमा उल्लेख छ ।