प्रबिधि मैत्री शिक्षक समाज सिन्धुलीको अध्यक्षमा जगत आले सर्बसहमत चयन हुनु भएको छ । ३ नम्बर प्रदेश अन्तर्गत आज सिन्धुलीमा भएको प्रबिधि मैत्री शिक्षकहरुको भेलाले आलेलाई सिन्धुली जिल्ला सम्पर्क कार्यसमितिको अध्यक्षमा चयन गरेको हो । नबनियुक्त अध्यक्ष आलेले सुचना प्रविधिलाई सिन्धुलीको समग्र शैक्षिक गुणस्तर अभिवृद्दि एवम उत्थानका लागि भरपुर उपयोग गर्ने प्रतिक्रिया दिनुभयो । अध्यक्षमा आले सहित आज चयन भएका अन्य पदाधिकारी २३ जना छन


आजको प्रबिधी मैत्री भेलामा सिन्धुली शिक्षा विकाश तथा समन्वय एकाइ प्रमुख, शिक्षिका सबिता कोइराला ,टोम प्रसाद काफ्ले, 3 नम्बर र 2 नम्बर प्रदेशका प्रविधी मैत्री समाजका विशिस्ट व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रममा शिक्षाबिद भिम बिक्रम थापा, बिश्वनाथ बराल, जनज्योति मा. वि. संचालक समितिका अध्यक्ष माणिक ढकाल, शिक्षक हरि प्रसाद पोखरेल लगायतको उपस्थिति थियो ।