नगरले बजार एरियामा ट्राफिक जाम नहोस र पैदल हिंड्न नागरिकलाई पनि समस्या नहोस भनेर बजार क्षेत्रको सडक चौडा गर्ने बताएको छ । पैदल यात्रुको सहजता र सुरक्षाका लागि सडक पेटी सहितको चौडा सडक निर्माण गरिने लक्ष्य रहेको कमलामाइ नगर स्रोतले जानकारी दिएको छ । २ नम्बर बजारबाट सडक चौडा गर्ने कामको थालनी छिट्टै गरिने बुझिएको छ । यस्तै कमलामाइ नगरपालिकाले सिन्धुलीको बजार एरियामा निश्चित पार्किङ स्थलको ब्यबस्थापन पनि गर्न लागेको छ । यसका लागि केहि दिन पहिला नगरले ट्राफिक प्रहरी सिन्धुली सङ्ग सुझाव मागेको थियो । हालसालै ट्राफिकले कहाँ कहाँ पार्किङ गर्ने भनेर आफ्नो तर्फबाट सुझाव नगरलाई दिइसकेको बुझिएको छ । ट्राफिकले पार्किङ स्थल बनाउने भनेर सल्लाह दिएको धेरैजसो स्थान सरकारी जग्गा रहेको बुझिएको छ । गैरी बजार बाट दुई नम्बर बजार प्रवेश गर्ने भुभागमा रहेको सेन्चुरी बैंकको खाली जग्गा बाहेक सबैजसो पार्किङका लागि सुझाएको जग्गाहरु सरकारी जग्गा रहेको थाहा भएको छ । ट्राफिकले दिएको सम्भाबित पार्किङ स्थलमा जिल्ला समन्वय अगाडिको खाली जग्गा, यस्तै भेटनरी एरिया रहेको छ । उता गैरी बजार नजिकैको सेन्चुरी बैकको खाली जग्गा र दुई नम्बर पुछार एरिया पनि साना सवारी पार्किङका लागि उपयुुक्त हुने ट्राफिकले सुझाव दिएको बुझिएको छ । मेयर खडग खत्री र उद्योग बाणिज्य संघ सिन्धुलीका प्रतिनिधिले छिट्टै सुझाव पाएका स्थानको अनुगमन गरेर पार्किङ स्थल कहाँ राख्ने भनेर तोक्ने बुझिएको छ ।