चर्चित र्यापरका छोरो टिकटकमा हिट : हिजोआज चर्चित कलाकार, लोकप्रिय नेता जस्तै सामाजिक संजालमा साना साना बालबालिकाहरुको भिडियोले पनि हङ्गमा मच्याएको देख्न पाइन्छ । यस्तोमा कतिपय बच्चाहरु हाँसेको, खेलेको, रोएको भिडियो सार्बजनिक हुने गर्छ । हाम्रो समाजमा बच्चाहरुले खाएको, गाएको, उफ्रेको, नाचेको भिडियो समेत हिजोआज भाइरल हुने कुरा फेसन जस्तै बन्ने गरेको छ । कतिपय लामा कथाबास्तुका फिल्म भन्दा हिजोआज सानातिना भिडियोले हङ्गमा मच्चाउन सफलता पाएको देखिन्छ । यस्ता भिडियोहरु विशेष गरेर सामाजिक संजालबाट सबैसामु सेयर गर्ने चलन व्यापक छ । सामाजिक संजालबाट सार्बजनिक भएका मध्ये कतिपय भिडियो अहिले धेरैले रुचाउँएको देखिन्छ । यस्तोलाई ‘भाइरल’ भयो भन्ने चलन समाजमा छ । भाइरल भएको भिडियोले साना नानीबाबुलाई छोटो समयमै लोकप्रिय बनाउनुको साथै केहि दाम पनि दिलाउने काम गर्छ । नाम र दाम सङ्गै आउने भिडियो सेयरिङ्ग गर्ने काम आफैमा दामी हो । बिश्व अहिले डिजिटल युगमा छ । संसारभर अहिले सामाजिक संजालमा केहि न केहि कुरा छिनभरमै भाइरल भइरहेको हामी देख्न सक्छौ । ईन्टरनेटको सहज उपयोगीताले अन्यत्र जस्तै नेपाली सामाजिक संजालमा पनि अहिले कतिपय बालबालिकाको भिडियोले हङ्गमा मच्याएको छ । गायक तथा केमराम्यान सन्जित श्रेष्ठ र उनकी छोरी “शाएलिन श्रेष्ठ” सामाजिक संजालमा अहिले छायका छन । यी बाबु छोरी अहिले टिकटकमा नम्बर वान जस्तै देखिन्छन । यता यस्तैमा सिन्धुलीका एक बालक पनि अहिले मनोरंजनात्मक एप टिकटकमा भाइरल छन । सिन्धुलीका #प्रियान्स पौडेल टिकटकको बालबालिका सेक्सनमा टप टेन भित्र समेटिएका देखिन्छन । उनको पोस्ट छिनभरमै हजार बढीले हेर्ने गर्छन । दशौ हजारले लाइक पनि गरेको देखिन्छ । यी बाबुले अभिनय गरेको भिडियो पोस्ट सयौंपटक पुनः सेयर पनि भएका छन । टिकटकमा छोटो समयमै चर्चा कमाएका सिन्धुलीका पृयान्स पौडेल अरु कोहि नभएर सिन्धुलीका युवाहरू माझ लोकप्रिय र्यापर गायक princerazz का छोरा हुन । पृन्सराज, उनै हुन जसले सिन्धुली आइडल सिजन १ र सिजन २ गरेको थियो ।उक्त कार्यक्रम आयोजना गर्ने सिन्धु इभेन्टसका म्यानेजिङ्ग डाइरेक्टर हुन प्रीन्सराज । केहि समय अघि सिन्धु इभेन्टसले सिन्धुलीमा “मिस टिन” पनि आयोजना गरेको थियो । सिन्धुलीमा पृन्स राजको टोलिले थुप्रै कन्सर्ट पनि आयोजना गरिसकेको छ । पृन्सराज छोटो समयमै सिन्धुलीमा लोकप्रिय कलाकारका रूपमा चिनिन्छन । टिकटकमा उनको छोरा हिट भएपछि प्रतिक्रिया दिदै र्यापर गायक पृन्सले भने-“छोरालाई हिरो बनाउने सपना छ ।” सिन्धुलीमा छिट्टै एउटा “ब्युटी पेजेन्ट” पनि गर्ने उनले आफ्नो भाबी योजना सुनाए । टिकटकमा लोकप्रिय हुने सिन्धुलीका बालक “पृयान्स” कि आमा मन्जु तामाङ्ग समेत कुनै समयमा मोडेलिङ्ग गर्थिन । पाँच बर्ष अघि र्यापर princerazz सङ्ग बिबाह गरेपछि उनी अहिले गृहिणी हुन । उनले पहिला स्वरुपराज आचर्य र प्रमोद खरेलको गितमा अभिनय गरेकि थिइन । टीकटकमा हिट “पृयान्स” अहिले काठमाडौको कोटेश्वर स्थित नरेफाटमा रहेको “FAIRYLAND Montessori” मा अध्ययन गर्छन । उनी अहिले अढाइ बर्षका भए । पृयान्सले छोटो समयमै नाम सङ्गै दाम पनि आर्जन गर्ने गरेको उनका गार्जेन बताउँछन । विशेष गरेर उनले फोटो सेसन बाट पैसा आर्जन गर्ने गरेको पृन्स राजले जानकारी दिएका छन । टिकटकमा भाइरल भएपछि यी बाबुले अहिलेसम्म १७ हजार नगद पाएका छन । पृयान्सको चुलिदो चर्चाबारे सोधिएको प्रश्नमा लोकप्रीय र्यापर princerazz मख्ख हुदै भन्छन-“धेरैतिर बाट फोटो सेसनका लागि अफर आएको छ,बाबुको पढाइ बिग्रने डरले हामीले रोकेका छौ ।” यस्ता अफरहरु काठमाडौं सहित अन्य जिल्ला बाट पनि धेरै आएको प्रीन्स राजले बताए । गृह जिल्ला सिन्धुलीको बोर्डिङ स्कुलबाट धेरै अफर आएपछि पृयान्सलाई सिन्धुली घुमाउन ल्याउने मनसायमा रहेको princeraaz बताउछन । सिन्धुलीका लोकप्रिय र्यापरले भने-“हामी बाबुलाई छिट्टै घुमाउन ल्याउने तयारीमा छौ ।”#प्रीयान्सको चर्चा चुलिनुमा मुख्य दुई कुराले रोल खेलेको देखिन्छ । एक उनी क्रश प्रोडक्ट हुन । बाबु पौडेल आमा तामाङ । हाम्रो समाजमा एउटा भनाइ छ नि -“क्रस बच्चाहरु चलाख हुन्छन ।” दोस्रो समाजमा अर्को उक्ति पनि जताततै सुनिन्छ -“हुने बिरुवाको चिल्लो पात ।” दुई बर्षको बच्चा फरर अंग्रेज़ी बोल्दै सबैलाई छ्क्क बनाउछ । फोटो सेसन बाट यति सानो उमेरमा भटाभट पैसा कमाउन थाल्नु कमालको कुरा होइन त ? हेर्नुस जब हामी बच्चालाई नाच्न, गाउन, चित्र कोर्न, उफ्रिन, रमाउन, खेल्न लगाएर त्यसको भिडियो बनाइदिन्छौ, त्यसबाट उनीहरु थप हौसिन सक्छन । आफ्नो कला, रचनालाई थप उजागर गर्न उनीहरु तम्तयार हुन्छन । यो साना बच्चाको प्रतिभा उजागर गरिदिने बानी पनि बन्न सक्छ । सामाजिक संजाल हिजोआज बालबालिकामा भएको कला वा रचनात्मक क्षमता देखाउने र त्यसलाई मलजल गर्ने माध्याम पनि बन्दैछ । बालबालिकाहरु जे जान्दछन, जे गर्न चाहन्छन, जे कुरामा रुची राख्छन, त्यही गर्न लगाएर भिडियो बनाइदिनुको फाइदा भनेकै उनीहरुलाई त्यसबाट अझै राम्रो गरौं भन्ने थप हौसला मिल्ने काममा मलजल गर्नु पनि हो । यसले उनीहरुलाई रमाइलो सङ्गै रचनात्मक काममा उत्साहित हुन प्रोत्साहित गर्ने गर्छ । हो बच्चा खुशी भए भने उनीहरुले आफ्नो कला, कौशल देखाउन थाल्छन । बच्चा भनेका भगवानका रुप हुन । छिनमै रुन्छ्न छिनमै हास्छ्न । टिकटक लगायतका रमाइलो भिडियोले नानीबाबुहरुको रचनात्मक क्षमता विकासमा केही न केही सघाउ पुर्‍याउँछ । भिडियो बनाएर सामाजिक संजालमा सेयर गरेपछि अनेक किसिमको प्रतिक्रिया आउँछ । त्यसले उनलाई प्रेरणा मिल्नका साथै आफ्नो कमजोरी पनि थाहा हुन सक्छ । किनभने त्यहा सबैले सकारात्मक प्रतिक्रिया मात्र दिइरहेका हुँदैनन । कतिपयले गल्ती कमजोरी पनि देखाइदिने गर्छन । सानै उमेरमा बच्चालाई सबैको सामु उभिएर कला देखाउन लगाउँदा त्यसले उनीहरुको आत्म मनोवल बढाउन सहयोग गर्छ । हो भोलिका दिनमा उनीहरु कमजोर हुँदैनन । कतिपय कुरालाई सहज रुपमा झेल्न र धान्न सक्ने क्षमताको विकास गर्न यस्ता क्रियाकलापले सहयोग गर्छन । बच्चाको कला उजागर गरिदिनु हरेक प्यारेन्टसको दायित्व हुनुपर्छ । के थाहा बच्चाहरुको चाहाना गायक बन्ने होला हामी अरु नै कुरा थोपर्ने गरेका पो छौकि? के थाहा बच्चाको चाहाना हिरो बन्ने होला हामी अरु नै शिक्षा दिइरहेका पो छौ कि ? बच्चाको चाहाना खेलाडी बन्ने होला हामी जबर्जस्ती अरु नै पढाई रहेका पो छौकी ? तपाईलाई थाहा छ ? कलाकारको एउटा गीत हिट भयो भने उसले करोडो बढी पैसा कमाउन सक्छ । राम्रो खेलाडी बन्यो भने उसले आफ्नो नाम सङ्गै देशको इज्जत पनि राख्न सक्छ । तपाई हामीले जीवनभर कमाउन नसक्ने नाम र दाम एउटा कलाकारले एउटा हिट फिल्म बाट पाउन सक्छ । गायकले एउटा हिट एम्बम बाट पाउने पैसा आम मानिसले जिन्दगीभर कमाउन पनि सक्दैनन । अतः बालबालिकाको इच्छा नै अभिभावकको चाहाना हुनुपर्छ । सबैले बुझौं जीवन खुशी सङ्ग बाँच्ने तरिका सिकाउने शिक्षा आजको आबस्यक्ता हो । हो मनोरंजन सबैलाई चाहिन्छ । बच्चा के कुरा गर्दा धेरै खुशी हुन्छ, त्यो कुरालाई उजागर गर्नु सफल गार्जेनको भुमिका हुनुपर्छ । समाजमा आफ्नो बच्चा लोकप्रिय हुन, सबैको अगाडि चिनुन भन्ने हरेक गार्जेनको सपना हुने गर्छ । आफ्नो बच्चा सफल भएको सपना देख्नु हरेक प्यारेन्टसको राम्रो कुरा हो । तर सपना कार्यान्वयन गर्न हामी कति लागि परेका छौं ? हामी सबैलाई नेम र फेम कमाउने रहर छैन र ? हामीले आफ्नो इच्छा र आकंक्षाको भारी बालबालिकामा जबर्जस्ती थुपार्ने गरेर के हाम्रो बच्चा सफल होलान त ? मेरो बुझाइमा कदापि हुन्नन । बरु बच्चालाई रमाइलो लाग्ने गीत सङ्गसङ्गै गाउने पो हो कि ? बरु बच्चा सङ्गसङ्गै नाचेर हामी पनि भाइरल बन्ने पो हो कि ? हेर्नुस आजको जमना भाइरलको हो । छोरो भाइरल बाहु खुसी ! बाहु भाइरल छोराछोरी खुशी ! जिन्दगीमा सबैले रोज्ने आखिर खुशी नै त हो नि ! कि के हो ? प्रतिक्रियामा लेख्नुस ।