प्रहरीको टार्गेटमा टेम्पु : सिन्धुलीमा रुट पर्मिट नलिइ चलेका र सवारी चालक अनुमति पत्र पनि नभएका टेम्पुहरु अब होसियार ! ट्राफिक प्रहरी सिन्धुलीले यस्ता टेम्पुहरुलाई ठाँउको ठाँउ समात्ने निति लिएको छ । पछिल्लो पटक यहाँ चल्ने टेम्पुहरुको गति अत्यास लाग्ने हुने गरेको गुनासो जनस्तरबाट लगातार आउन थालेपछि यहाँको ट्राफिक प्रहरी दबाबमा देखिन्थ्यो । स्थानीयहरुले टेम्पुको तीब्र गति सम्बन्धि गुनासोहरु ट्राफिकलाई सुनाएपछि उसले वेगमा कुद्ने टेम्पुहरुलाई उच्च निगरानीमा राखेको जनाउदै आएको छ । यस्तैमा हिजो सिन्धलीका प्रजिअ चढनु भएको सवारीलाइ यहाँको एउटा टेम्पुले ठक्कर दिएपछि ट्राफिक प्रहरी अहिले फायर भएको देखिन्छ । सिडियो सापको गाडीलाई लोकल टेम्पुले ठक्कर दिएको चौबीस घन्टा नबित्दै ट्राफिक प्रहरी सिन्धुलीले आज झन्डै आधा दर्जन टेम्पुलाई नियन्त्रणमा लिएको छ । सवारी कागजात नभएका, रुट पर्मिट नभएका र सवारी चालक अनुमतिपत्र पनि नलिइ चलेका ९ वटा टेम्पुहरु आज ट्राफिक प्रहरी सिन्धुलीको कारबाहिमा परेको ट्राफिक सिन्धुलीले जनाएको छ । नियम विपरित चलेका टेम्पुलाई नियन्त्रणमा लिएको स्पष्ट पार्दै ट्राफिक सिन्धुली स्रोतले भन्यो-“सवारी दर्ता प्रमाणपत्र, रुट पर्मिट र सवारी चालक अनुमति पत्र ल्यापछि मात्र आज नियन्त्रणमा लिएका टेम्पुलाई छाडिने छ।” टेम्पु सङ्ग रिसायो ट्राफिक । यो सिन्धुलीको खबर हो ।