सिन्धुलीको लाखे नाचँमा कला घरका कलाकारले पनि साथ दिने : कृष्णजन्माष्टमीको दिन पर्सि ६ गते सिन्धुलीमाडिमा निकालिने लाखे नाचँमा सिन्धुली कलाघरका कलाकारले पनि साथ दिने भएका छन । नेवा गुठी समाज सिन्धुली र कलाघर सिन्धुलीका कलाकार बीच आज भएको छलफलमा यस्तो सहमति भएको हो । कलाघरका कलाकार सङ्ग लाखे नाच निकाल्ने भएको सहमतिबारे सोधिएको प्रश्नमा नेवा गूठी समाज सिन्धुलीका शम्भु श्रेष्ठले भन्नुभयो-“नेवारी सस्कृतीको प्रचलनमा रहेको लाखे नाँच गए बर्ष जस्तै यो बर्ष पनि सिन्धुलीमा प्रदर्शन गरिने निर्णय भएको छ ।” श्रेष्ठका अनुसार लाखे नाचँ सँगै सम्भब भए सम्म विभिन्न जातिका नृत्यहरु पनि उक्त अबसरमा प्रदर्शन गरिने छ । श्रेष्ठले टेलिफोनमा भन्नुभयो- “लाठीँ नाचँ, धिमे नाच, तामाङ सेलो, दनुवार नृत्य, नेपाली झेउरे, लगायतको सास्कृतिक कार्यक्रम प्रस्तुत गरिने सल्लाह भएको छ, हेरौं के हुन्छ ।” नेवा गुठी समाज सिन्धुलीको आयोजनामा निकालिने उक्त लाखे नाच ६ र ७ गते गरि दुई दिन सिन्धुली माढिमा भब्य रूपमा प्रर्दशन गरिने तयारी भइरहेको बताइन्छ । लाखे नाच सिन्धुलीको एक नम्बर बजार, दुई नम्बर बजार हुँदै लोकतान्त्रिक चोक, धुरा बजार भएर ढुंग्रेबाँस सम्म देखाइने गरिन्छ । सास्कृतीक कार्यक्रमको जिम्मा सिन्धुली कलाघरको कलाकार समुहलाइ दिइएको बुझिएको छ । लाखे नाचँ नेपालमा सप्तहाव्यापी रूपमा मनाइने पर्व हो । यसलाई सिन्धुलीमा पनि उत्सबको रुपमा मनाइन्छ । यहाँका नेवार समुदायले हरेक बर्ष गाइजात्रा निकाल्ने गर्छन । परम्परागत रुपमा निकालिने सांस्कृतिक लाखे नाच सिन्धुलीबासीले चाखपूर्वक हेर्ने गरेको पाइन्छ । सांस्कृतिक महोत्सवका रुपमा निकालिने सिन्धुलीको गाइजात्रामा विभिन्न सांगीतिक प्रस्तुती, नेवारी नाच संस्कृति हेर्नलाई रोचक हुने स्थानीयहरु बताउछन ।