प्रधानमन्त्री ज्यु पुर्ब-पश्चिम रेलको मात्रै कुरा गर्ने कि रारा जस्तो सुन्दर ठाँउ सहजै जाने बाटो पनि बनाउने ? : मैले अस्ट्रेलियामा आतिथ्य ब्यबस्थापन पढ्दा बुझेको कुरा के हो भने कुनै पनि देशमा पर्यटनको सफलता र असफलता उक्त देशमा पर्यटक भित्र्याउन गरिने मार्केटिङ, ब्यबस्थापन र पुर्बाधार आदि कुराले निर्धारण गरेको हुन्छ । सुन्दरतामा नेपाल बिश्वकै सुन्दर देश मध्यमा पर्छ । तर खै त यसको सहि व्यवस्थापन ? त्यसमा योजना खोइ ? लगानी खोइ ? पत्रपत्रीका हेर्दा नेपालले पर्यटन भित्र्याउन गर्ने मार्केटिङमा बर्सेनि करोडौं खर्च भएको देखिन्छ । तर खोइ त पर्यटक ? हामी भन्दा धेरै सानो देशले अहिले धेरै गुणा पर्यटक भित्र्याइरहेको छ । त्यो उनीहरुले कसरी गर्न सक्यो होला ? खै हामीले गरेको खोजिनिती ? हामी सङ्ग प्राकृतिक सुन्दरता धेरै भएपनि त्यसको उचित मार्केटिङ गर्न नसकेकाले समस्या देखिएको हो । नेपालमा हामीले पर्यटक ल्याउन आबस्यक ब्यबस्थापन गर्न नसकेको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ । नेपालमा पर्यटनका लागि योजना लगानी खै ! मार्केटिङ र ब्यबस्थापन खै ! मार्केटिङमा जे जति खर्च भएको छ त्यसको सहि ढंग नपुगेकाले हुनुपर्छ, नेपालमा हामीले पर्यटक ल्याउन चुकेका छौं । बिदेशी पर्यटक स्वदेशमा ल्याउन मार्केटिङ गर्ने भनेका हाम्रा रास्ट्रका बिदेशमा रहेका राजदूताबास हुन । यसर्थ नेपालमा के छ, किन घुम्न जाने भन्ने मार्केटिङ गर्ने काम त बिदेशमा रहेका नेपाली दूतावासले गर्नुपर्छ नि । हेर्नुस नजिकैको तिब्बतमा बर्षको झन्डै एक करोड पर्यटक आउने गरेको आकाडा छ । तर तिब्बत नजिकैको रहेको नेपालमा किन धेरै पर्यटक आएनन ? किनभने त्यहाँ जस्तै हामीले मार्केटिङ गर्न सकेनौ । हामीले प्रयास गर्ने हो भने तिब्बतबाट धेरै पर्यटक नेपाल ल्याउन सम्भव छ । यसका लागि त्यहा पुगेर हामीले नेपाल बारे धेरै भन्दा धेरै प्रचारप्रसार गर्नुपर्छ । त्यहा बाट नेपालमा धेरै फ्लाइट र सिधा रुट गर्न सकिन्छ । त्यहा आउने समग्र पर्यटक मध्य १५ प्रतिशत ल्याए पनि नेपालमा १५ लाख पर्यटक भित्रन सक्छन । बाकी अन्त बाट आउने छदैछन । यस्तो अबस्थामा सन २०२० मा २० लाख पर्यटक नेपाल ल्याउन सजिलै सकिन्छ । तर पर्यटन ल्याउन संभावना बोकेको रास्ट्रिय ध्वजाबाहक एन ओ सि लाई पैसा नै दिन्न भन्ने हाम्रो प्रधानमन्त्री ! एन ओ सि लाई आफै गरेर खा भन्न मिल्ला त ! मानौ एन ओ सि ले केहि कमजोरि गर्यो होला, भुल गर्यो होला ! यस्तो अबस्थामा ब्यबस्थापन चेन्ज गर्दे भैगो नि ! सक्षम मान्छे ल्याइदिए भैगो नि ! एन ओ सि ले तिरेन भने आफू तिर्छु भनेर जिम्मा लिने अनि पैसा तिर्ने बेला आएपछि निहुँ खोज्ने ? यस्तो सोच नेपाली नेताले तत्कालै बन्द गर्नुपर्ने देखिन्छ । त्यसमाथी समृध नेपाल सुखी नेपालीको नारा दिने प्रधानमन्त्रीले त बिल्कुलै गर्नु हुदैन । एन ओ सि ले लाई असहयोग गरेर काहीं नेपालमा पर्यटनको बिकास हुन्छ ? रास्ट्रिय ध्वजाबाहक अहिले किस्ता तिर्न नसकेर बसेको अबस्था छ । यस्तो अबस्थामा पर्यटन ढलोस कि मरोस केही मतलब नभएको जस्तो कस्तो अचम्मको ब्याबहार ? राज्यले साथ दिएन भने रास्ट्रिय ध्वजाबाहक कहाँबाट अगाडि बढछ । एनओसिमा बेथिति भ्रष्टाचार छ भने छानबिन गर्नुस । बेठिक मान्छे छ भने ठिक मान्छे ल्याउनुस । सरकारी मान्छे सबै हटाएर स्वायत्तता दिदा के फरक पर्छ र ? सरकारले बजेट छुट्टाइदिने । साह्रो गाह्रो पर्दा सरकार छ भनेर छोडदा के फरक पर्ला र ! गर्ने बेला केहि नगर्ने धम्की दिएको जस्तो व्याबहार मात्रै गर्ने ! यसरी कहिँ चल्छ त पर्यटन ? यस्तो अबस्थामा नेपालमा बढलान त पर्यटक ! पत्रपत्रीकामा आएका खबर अनुसार हालसालै छिमेकी चीनले हाम्रो लागि सिधै प्लेन लान मिल्ने पन्ध्र ठाँउ खुल्ला गर्यो । अहिले त्यता जाने हाम्रो एउटा पनि प्लेन छैन । अहिले त्यहा त रास्ट्रिय ध्वजाबाहक प्लेन पनि चल्दैन नि हाम्रो । हामी सङ्ग ध्वजाबाहक दुईटा प्लेन छ । तर अबसर हुँदाहुँदै जान सक्दैनन भने कमजोरी कसको ? मेरो बिचारमा, एन ओ सि र राज्य दुबैको कमजोरी हो । अब दुबै मिलेर काम गरे भने केहि फरक देख्न सकिएला कि ! कुलमान घिसिङलाई हेर्नुस, एकजना मानिस ठिक हुँदा कसरी झिलिमिलिमा बस्न पाइयो । घाटामा गइरहेको विद्युत अहिले कसरी नाफामा छ । १८ घन्टा अध्यारोमा बसेका नेपाली अहिले उज्यालोमा बस्न पाएका छन । सक्षम मान्छे दिदा त गर्न सक्ने रहेछ नि ! एनओसिमा पनि सहि मान्छे दिनुस न । अहिलेको मान्छे भएन भने फेर्नु नि त ! तर एन ओ सि लाई असयोग गर्ने कुरा कृपया गर्दै नगर्नुस । नेपालमा पर्यटक ल्याउन त्यसरी बिल्कुलै हुँदैन । बिश्वका सुन्दर ठाँउ मध्यमा पर्ने नेपालका धेरै ठाँउमा खै जाने बाटो ? पुर्ब पश्चिम रेलको मात्रै कुरा गर्ने कि रारा जस्तो सुन्दर ठाँउ सहजै जाने बाटो पनि बनाउने प्रधानमन्त्री ज्यु ? नेपालका सबैजसो ठाँउ प्राकृतिक रूपमा अत्यन्तै राम्रो छ । तर जाने बाटो एकदमै गाह्रो छ । मनमोहक ठाँउ जाने बाटो सहज बनाउनुस न । नेपालमा आन्तरिक र बाह्य पर्यटकको ओइरो त्यसपछि लागि हाल्छ नि । हेर्नुस पर्यटनका लागि सहज सडक संजाल र अरु पुर्बाधार बनाइ दिए पुग्छ । नेपालमा राम्रा ठाउ धेरै छन । तर सडक संजाल नहुदा पर्यटक जान चाहेर पनि जान सक्दैनन । हल्ला भए जसरी नेपालमा पर्यटक ल्याउनु ठुलो कुरा हुँदै होइन । तर देश भित्रेका पर्यटक राखिरहन सक्नु चाहिँ ठुलो कुरा हो । पर्यटन आम्दानीको हिसाबले यहा आएर पर्यटक कति दिन टिक्छन भन्ने कुरा चाहिँ महत्त्वपुर्ण कुरा हो । पर्यटक धेरै दिन नेपाल बस्यो धेरै खर्च गर्‍यो भने चाहिँ नेपाल र नेपाली बिस्तारै धनी बन्ने हो । अघिल्लो सालको भन्दा यो साल नेपाल बस्ने पर्यटक घटिरहेको खबरहरु मिडियामा आएका छन । पर्यटक रोक्न उपाए खोज्नुस न ! एउटा राम्रो ब्यबस्थापनले पर्यटनमा कति फरक पर्छ भन्ने उदाहरण यता हेर्नुस । राजधानी काठमाडौंमा म्यानेज गर्न नसक्दा पर्यटक सोचे जस्तो छैनन । ललितपुरमा पनि पर्यटन आगमनको हाल त्यस्तै नै देखिन्छ । तर भक्तपुरले राम्रो म्यानेज गर्न सक्दा त्यहा पर्यटक धेरै जाने गरेका छन । भक्तपुरले अहिले पर्यटन बाट काठमाडौं भन्दा धेरै राम्रो आम्दानी गरिरहेको छ । तर पर्यटनको हिसाबले भक्तपुर भन्दा काठमाडौं धेरै कुराले राम्रो देखिन्छ ! हैन र ? भक्तपुरले पर्यटकलाई धेरै राम्रो सेवा सुबिधा दिन सक्यो उसले राम्रै कमायो । यस्तै काठमाडौंले दिन सकेन उसले कमाउन पनि सकेन । समग्रमा हेर्दा नेपालमा आउने पर्यटक चीन, भारत र अमेरिका बाट अलिअली बढेको जस्तो देखिन्छ । उता बेलायत बाट पनि अलिअलि बढीरहेको छ । अन्यत्र जुन देशमा पर्यटक पुर्‍याउनु पर्ने हो त्यसको मार्केटिङ सोही देशका एम्बेसिले बिदेशी भुमिमा गर्छन । तर हाम्रो बिदेशमा रहेका एम्बेसीले नेपालमा पर्यटक ल्याउन तदारुकता नदेखाएको जस्तो देखिन्छ । समस्या यहीँ नेर हो । नेपाल समृध बनाउन पर्यटन एउटा दरिलो माध्यम हुन सक्छ । तर अहिलेसम्म पर्यटक ल्याउन नेपालमा भएका ब्यबस्थापन र मार्केटिङ भने बिल्कुलै फितलो छ । जहाँ जे भए पनि पर्यटनको क्षेत्रमा नेपालमा अलिअलि प्रगति गरेको देखिन्छ । तर पर्यटनको क्षेत्रमा कायापलट भएको भने होइन ! अहिले पाँच महिना पछि देशले नयाँ पर्यटन मन्त्री पाएको छ । सन २०२० आउन पनि पाँच महिना बाकी छ । यस्तोमा नेपालमा कति पर्यटक आउने हुन र के कति फााइदा लिन सकिन्छ भन्ने हेर्न केहि समय कुर्नुपर्ने देखिन्छ । तस्वीर : visit Nepal 2020 पेजबाट