फेरि चल्न थाल्यो फोन : बत्ती गयो कि फोन सेवा पनि गयो । यो क्रम निरन्तर जारी रहेको स्थानीय सेवाग्राहीहरु बताउछन । यो सिन्धुलीको खबर हो । झ्याप्प बत्ति जादा सिन्धुलीमा स्थानीय रेडियो सेवा सङ्गै धेरै प्रभावित हुने क्षेत्रमा नेपाल टेलिकमको टेलिफोन सेवा पनि पर्ने गर्छ । पटकपटक बत्ति र टेलिफोन सेवा अबरुद्ध हुँदा सिन्धुलीका स्थानीय नराम्ररी प्रभावित हुने गरेका छन । टेलिकमको टेलिफोन सेवा अबरुद्ध हुँदा एनसेल भने चल्ने गरेको पाइन्छ । पटकपटक अबरुद्ध हुदै आएको सिन्धुलीको ल्यान्डलाइन टेलीफोन सेवा अहिले भने सुचारु भएको छ । आज (सोमबार) दिनभर अवरुद्ध भएको सेवा अघि भर्खरै चल्न थालेको छ । आइतबार बिहान करीब साढे ९ बजेबाट अबरुद्ध भएको टेलीफोन सेवा हिजो दिउसोदेखि सुचारु भएकोमा आज बिहानपख तीन देखि ४ बजे यता फेरि अबरुद्ध थियो । दिउँसो घाम लागेपछि केहिबेर चलेको सिन्धुली टेलीकमको सेवा फेरि अबरुद्ध भयो । अहिले फेरि चल्न थालेको छ । सिन्धुलीमा पटकपटक बिजुली आउने जाने क्रमले गर्दा यहाँको टेलीकमका सेवा पनि निरन्तर अबरुद्ध हुदै आएको सिन्धुली टेलीकम कार्यालयले जानकारी दिएको छ । सिन्धुली टेलीकमले वितरण गरेका ०४७–५२० र बाकी टेलीकमका सबै मोबाइल लाइन अवरुद्ध हुँदा प्रभावित हुने गरेको छ । सेवा अबरुद्ध हुँदा टेलीकमको मोबाइल, एडिएसीएल र ल्यान्डफोन सेवा समेत अबरुद्ध हुन्छ । टेलीकमका सेवा अबरुद्ध हुँदा समेत सिन्धुलीमा एनसेल फोन भने चलेको पाइन्छ । उता बिजुलि नहुदा स्वीचिङ सिष्टमा खराबी आउने गरेको प्राबिधिकहरु बताउँछन । सिन्धुलीमा ठुलो पानी पर्दा धेरै जसो समयमा बिजुलिका पोल बगाउने , तार चुडिने समस्या देखिदै आएको छ । सिन्धुलीका धेरैजसो ग्रामीण भेगमा बिजुली सेवा सुचारु गर्न कयौं दिन लाग्ने अनुमान गरिएको छ । यता सदरमुकाम सिन्धुली माढिमा भने बिजुली गए पनि विद्युत बितरण केन्द्र सिन्धुलीले छिटोछरितो ढंगले सेवा सुचारू गर्न पहल गरेको स्थानीय बताउछन ।