कमलामाइका मेयर हलि बनेका छन । अरुबेला जनताको प्रतिनिधि भनेर चिनिने हाम्रो मेयर साप आज कृषकको पनि प्रतिनिधि बन्दै हली बन्नुभएको हो । उहाँले हलो जोत्दै गर्दा कतिपयले कस्तो सुहाएको भनेर ठटयौली पनि गरेका थिए । मेयर साप पनि के कम, मुसुमुसु हास्दै हल गोरु जोत्दै हुनुहुन्थ्यो । कमलामाइका मेयर खडग खत्री आज सिन्धुलीको कमलामाइ ९ मा रास्ट्रिय धान दिबश मनाउदै गर्दाको दृश्य रमाइलो थियो । नगरपिताले खेतमा काम गरिरहेको देखेर आफुलाइ पनि उर्जा मिलेको त्यहाँका कृषकले प्रतिक्रिया दिएका छन ।