अध्यक्षद्वय बीच आलोपालोको बहस मिडियाहरुमा छाइरहदा त्यसको बचाउ गर्दै बर्तमान सरकारका रक्षामन्त्री इश्वर पोखरेलले सिन्धुलीको एउटा कार्यक्रममा भने-“बहस र छलफल गर्दै जादा छछल्किन सक्छ पोखिन सक्छ ठुलो घरको ठुलै चाला जस्तो पनि हुन सक्छ ।” नेताहरु बीच देखिएको विवाद समाधान गर्ने क्षमता आफुहरु सङ्ग भएको जिकिर गर्दै बर्तमान सरकार फेरबदलको हल्ला बारे रक्षामन्त्री पोखरेलले भने-” हल्ला निराधार हो । बर्तमान सरकार पाँच बर्ष चल्छ।” पोखरेलले अगाडि भने-“को ब्यक्तिलाई के जिम्मेवारी दिने भन्ने कुरा पार्टी ब्यबस्थापनको जिम्मेवारी भित्र पर्छ । आबस्यक पर्दा पार्टीले जे पनि निर्णय गर्न सक्छ ।” उनले बर्तमान प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओलि र अर्का पार्टी अध्यक्ष प्रचण्ड बीच भएको भनिएको आलोपालोको कुरा आधीकारिक रूपमा कम्युनिस्ट पार्टीको सचिबालयमा जानकारीमा नआएको समेत जानकारी दिए । पार्टी भित्र छचल्किएको विवाद समाधान गर्न आफुहरु सक्षम रहेको नेता ईश्वर पोखरले पटक पटक दोहोर्‍याएका थिए । पोखरेल कम्युनिस्ट पार्टी सिन्धुलीले आज सिन्धुलीमाडिमा आयोजना गरेको स्वर्गीय नेता मदन भन्डारिको ६८ औ जन्मजयन्तीका असबरमा गरिएको बिचार गोष्ठी कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो । बिचार आबस्यक्ता र बाध्यताले आउने उल्लेख गर्दै बिचार बोकेकै आधारमा कोहि पनि अब निर्बासित हुनु नपर्ने उनले प्रष्ट पारे । पोखरेलले भने-“बिचार बोकेकै आधारमा अब कोहि पुस्पलाल र बि.पि कोइरालाले जसरी निर्बासित हुनुपर्दैन।” उनले अगाडि थपे-“केपी ओलिले जसरी अब जेल पनि बस्न पर्दैन ।” राजनीतिक लडाइको यात्रा पुरा गरेर अब आफुहरु समृद्धिको यात्रामा लागेको पनि पोखरेलले दाबी गरे । चुनाव अगाडि पुर्ब माओवादी र पुर्ब एमालेले बनाएको सयुक्त चुनावी घोषणापत्रबाट आफुहरु एक इन्ची पनि पछि नहटने उदघोष पनि पोखरेलले गरे । अहिले सरकार मात्रै परिवर्तन नभएर प्रणालीनै परिवर्तन भएको तर्क पेश गर्दै पोखरेलले भन्ने-“संघ प्रदेश र स्थानीय तहको कानुन बनाउन समय लागेको हो । अब देखिने गरेरै जनताले सरकारबाट छिट्टै राहतका कार्यक्रम देख्नेछन ।” पोखरेलले यस्तो बताइरहदा सोही कार्यक्रममा उपस्थित पुर्ब कृषि मन्त्री एबम बर्तमान कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने पार्टीमा धेरै गुट देखिएकाले सङ्गठन र जिम्मेवारी बाडफाडमा समस्या भएको बताएका थिए । उनले पार्टीमा धेरै गुट हुँदा पार्टी फुटन सक्ने उल्लेख गर्दै कार्यकर्ताले बेलैमा खबरदारी गर्नुपर्ने पनि बताए ।