कुनै दिन यस्तो थियो : चियाबारी भन्ने बित्तिकै झगडाको थलो भनेर स्थानीयले आरोप लगाउथे ! लफडा सुल्झाउन प्रहरी त्यहा नपुगेको दिन नै नहुने उनीहरुको तर्क सुनिन्थ्यो ! स्कुले समयका बिगतको तितो अनुभव सम्झदै केहि दिन पहिला पश्चिमबाट सिन्धुली आएका 
रातमाटाका पुराना पुस्ताका एक दाइले धेरै समयको अन्तरालमा चियाबारी घुम्ने मौका पाएपछि यस्तो अनुभव सुनाए-“ओहो चियाबारी त परिवर्तन भएछ ।” उनले अगाडि भने-“सबै आ-आफ्नो काममा लागेका । चलेको ब्यस्त व्यबसाय जमेको होटेल कारोबार ! उनले फेरि भने-“भाइ चियाबारी त अचम्मैले परिवर्तन भएछ ।” उनी जस्तै अन्य कतिपय ब्यक्तिहरु अहिले पनि चियाबारीमा पहिला बस्दा डर लाग्ने गरेको आफ्नो कथा सुनाउछन । अग्रजहरुको कुरा पत्याउने हो भने अहिले चियाबारीमा समयले नाटकिए रूपमा कोल्टे फेरेको छ । पहिला पहिला चियाबारी भन्ने बित्तिकै लफडा-झगडा आदि कुराले आत्तिने जमात पनि हिजोआज चियाबारीमा निर्धक्क सङ्ग बसेको देखिन्छ । खाना खाने बेला त्यहा पुग्ने हो भने हरेक जसो बिहानीमा हिजोआज हायसहरुको लाम देखिन्छ । चियाबारी झटट हेर्दा खाजा र खाना खाने होटेलको हब जस्तो देखिन्छ । चियाबारीमा आरामदायी बासको ब्यबस्था पनि अहिले छ । के युवा के बृद्ध सधैजसो चियाबारीका स्थानीय बिहानै देखि बेलुकी सम्म काममा ब्यस्त देखिन्छन । होटेलको ब्यापारलाई एकैछिन थाती राखेर मिलेको युवापुस्ताबारे खोजीनिति गर्ने हो भने सिन्धुलीमा अहिले मिलेको युवापुस्ता कहिँ छ भने त्यो चियाबारीमा देख्न सकिन्छ । नमुनाकै रूपमा सामुहिक कामकाजमा चियाबारीका युवापिढि लागेको देखिन्छ । फिल्म हेर्न सङ्गै, जिम जान सङ्गै, रमाइलो पिकनिक पनि सङ्गसङ्गै ! रोचक कुरा यो छ कि अरुबेला चियाबारी भन्ने बित्तिकै हाइअलर्ट बस्ने सिन्धुली प्रहरी पनि अहिले चियाबारिका युवाहरुको सरसफाइ कार्यक्रममा समेत रमेर सघाएको देखिन्छ । सरसफाइ सङ्गै सामाजिक संजालमा छाएको युवाहरुको फोटो हेर्दा नागरिक-प्रहरी साझेदारी कार्यक्रमले चियाबारीमा पनि मुर्तरुप लिएको अनुमान गर्न सकिन्छ । चियाबारी सरसफाइमा स्थानीय युवाहरुको प्रयासलाई होस्टेमा हैसे गर्ने सुरक्षाकर्मीहरुको सहयोगी भुमिका देख्दा भन्न मन लाग्छ -“आहा ! कस्तो राम्रो ! आहा कस्तो गजबको सहकार्य ! चियाबारिका युवाहरूले सुरक्षाकर्मी सङ्ग मिलेर त्यसभेगको बि.पी हाइवय र आसपासका बस्ती सरसफाइ गरेको दृश्य सामाजिक संजालबाट थाहा पाएपछि युवाहरूले राम्रो गरेको भनेर धेरैले प्रशम्सा गर्दै सामाजिक संजालमा प्रतिक्रिया दिएका छन । चियाबारीका युवाबारे आएका कमेन्टहरु हेर्दा चौतारी युवा क्लबले आयोजना गरेको सरसफाइ कार्यक्रमले निरन्तरता पाउनु एकदमै जरुरी जस्तो देखिन्छ । जहाँ जे भएपनि यस्तो स्वयंसेबी अभियानले होटेलको हब मानिने चियाबारी सफा मात्रै देखिदैन, त्यसले अन्यत्रका युवा पुस्तालाई पनि सामाजिक काम गर्न उत्प्रेरित गर्ने सम्भावना उत्तिकै प्रबल छ । चियाबारीको सान हाम्रो युवापीडि नै हुन । तस्बिरमा हेर्नुस चियाबारी सरसफाइमा नागरिक-प्रहरी साझेदारीको कार्यक्रम !