सिन्धुली कला घर’ टिमले कला घर प्रचारको भिन्नै शैली अपनाएको छ । यो टिमले यु-टयुबमा हालसालै एउटा भिडियो सार्बजनिक गरेको छ । जहाँ सिन्धुलीका उत्साहित पाँच युवतीहरुले स्वर्गीय गायक कृष्ण बिक्रम थापाको गीतलाई बासुरी बजाएर अनि पन्चे बाजाका केही साधनहरुको उपयोग गर्दै सम्झना गरेको देखिन्छ ।

प्रचारको नयाँ शैली: सिन्धुली कला घर’ टिमले कला घर प्रचारको भिन्नै शैली अपनाएको छ । यो टिमले यु-टयुबमा हालसालै एउटा भिडियो सार्बजनिक गरेको छ । जहाँ सिन्धुलीका उत्साहित पाँच युवतीहरुले स्वर्गीय गायक कृष्ण बिक्रम थापाको गीतलाई बासुरी बजाएर अनि पन्चे बाजाका केही साधनहरुको उपयोग गर्दै सम्झना गरेको देखिन्छ । थापाको सम्मानमा प्रस्तुति दिने युवती कलाकारहरु सिन्धुली कलाघर आबद्ध हुनुहुन्छ । यहाका स्थानीय कलाकारहरुले निकट भबिस्यमा निर्माण गरिने सिन्धुली कला घर निर्माणका लागि अहिले सबैमा सार्बजनिक सहयोगको अपिल पनि गरिरहेको छ । युबतीहरुले प्रस्तुति दिएको उक्त भिडियो किन पनि महत्त्वपूर्ण देखिन्छ भने सिन्धुलीलाई चिनाउन महत्त्वपूर्ण भुमिका खेल्ने स्वर्गीय गायक कृष्ण बिक्रम थापाको बारेमा सिन्धुली कलाघर आबद्ध कलाकारहरुले पालैपालो जानकारी दिने प्रयास गर्नु भएको छ । यसले कृष्ण बिक्रमा थापाको बारेमा थाहा नहुनेलाई केहि जानकारी दिन्छ । सिन्धुलीको रतन चुरामा जन्मेका स्वर्गीय गायक कृष्ण बिक्रम थापाले गाएको “सिन्धुली गढि घुमेर हेर्दा” भन्ने गीत अहिले पनि उत्तिकै लोकप्रिय छ । सिन्धुली भन्ने बित्तिकै धेरैलाई झटट यहीँ गीतको सम्झना हुने गर्छ । स्वर्गीय थापाले अलि पछि गाएको “तोरी लाउरे” भन्ने गित पनि स्रोता माझ लोकप्रीय नै छ । अहिले सिन्धुलीको गैरी बजारमा प्रदर्शनमा राखिएको सिन्धुली कला घरमा कलाकारहरुले स्वर्गीय गायक कृष्ण बिक्रम थापाको सम्मानमा उहाँको एउटा स्टयाचु पनि राखेका छन । त्यो अहिले धेरैले मन पराएको देखिन्छ । सिन्धुली कलाघर घुम्ने धेरैले सामाजिक संजालमा स्वर्गीय थापाका प्रतिमुर्ति अगाडि उभिएर फोटो पोस्ट गर्ने गरेका देखिन्छन । सिन्धुली कलाघर अहिले स्थानीय माझ लोकप्रीय बन्दै गरेको यो दरिलो प्रमाण पनि हो । नेपाली मौलिकताको सम्मान र सिन्धुली जिल्लाको पहिचानको लागि सिन्धुली कलाघर एउटा कला संग्रहालय हुन सक्छ । सिन्धुली कलाघर निर्माणमा सकेको आर्थिक सहयोग गर्दिनु हुन हामी पनि सबैलाई आग्रह गर्दछौ ।

A professional essay will probably be interesting to read because it should contain information that’s connected to the subject of

You can actually

You need to go at your own pace and make sure you are receiving https://www.affordable-papers.net/ everything right in your own essay.

use this as a opportunity to think of a few of your ideas as well.

this essay.