सिन्धुलीमा पनि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम, तर प्रविधि र दक्ष जनशक्ति अभाव : वडा कार्यालयको सिफारीसमा गरिने स्वास्थ्य परिक्षण पहिलो चरणमा दलित, विपन्न आदिवासी जनजाती, द्वन्द्वका घाइते, वेपत्ता परिवारका आफन्त र महिला स्वास्थ्य स्वयमसेवीकाको स्वास्थ्य परीक्षण गरिने जनाइएको छ ।

सिन्धुलीमा पनि मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम, तर प्रविधि र दक्ष जनशक्ति अभाव : वडा कार्यालयको सिफारीसमा गरिने स्वास्थ्य परिक्षण पहिलो चरणमा दलित, विपन्न आदिवासी जनजाती, द्वन्द्वका घाइते, वेपत्ता परिवारका आफन्त र महिला स्वास्थ्य स्वयमसेवीकाको स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । आगामी असार मसान्तसम्ममा सिन्धुलीको कमलामाई नगरपालिकाका १४ वटै वडामा यो कार्यक्रम लागु हुनेछ । त्यस दौरानमा दुई हजार नागरिकको स्वास्थ्य परीक्षण हुने बताइन्छ । यो कार्यक्रममा सिन्धुली अस्पतालबाट २२ सय रुपैयाँ बराबरको एक व्यक्तिको स्वास्थ्य परीक्षण हुने जानकारी प्राप्त भएको छ । 
तर सिन्धुलीमा मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरुभए पनि प्रविधि र दक्ष जनशक्ति अभाव रहेको अस्पताल संचालक समितिका अध्यक्ष प्रह्लाद पोखरेल र अस्पतालकी मेडीकल सुपरिटेण्डेन्ट सुमित्रा गौतमले दुखेसो पोख्नु भएको छ । सिन्धुली अस्पतालमा अहिले दैनिक विमारीको चाप बढेको बताइन्छ । त्यसमाथि अझै यस्ता कार्यक्रमले थप विमारीको चाप बढ्ने सम्भावना छ । यता सिन्धुली अस्पतालमा भएका प्रविधिहरु घर अभावका कारण जडान गर्न नसकेको बताइन्छ । यहाँका डाक्टरहरु विषम परिस्थितिमा काम गर्न बाध्य भएको बताउछन । डाक्टरहरु भन्छन-“हामी सेवा दिन तयार छौं । तर, दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक नहुदा अस्पतालमा काम गर्न सधै समस्या छ।” अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले दरबन्दी अनुसार चिकित्सकको व्यवस्थापन गरीदिन प्रदेश सरकार र संघिय सरकारसँग पटकपटक माग गरेका छन । उनले हिजोको कार्यक्रममा पनि भने-‘जिल्लामा स्वास्थ्यसेवा प्रदान गर्न चिकित्सक अभावले निक्कै कठिन भएको छ। पोखरेलले अगाडि थपे-“दरबन्दि अनुसारका डाक्टर पनि जिल्लामा बसेर काम गर्न मान्दैनन ।” अहिले कर्मचारी समायोजनले अस्पतालमा चिकित्सकको अभाव भएको अस्पतालकी मेडीकल सुपरिटेण्डेन्ट सुमित्रा गौतमले जानकारी दिनुभयो । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रममा दमखोकी, मोटापन, उच्चरक्तचाप, दिशा तथा पिसावको जाँच, रगतको परिक्षण, सुगर, मृगौला, कलेजो, लिपिड प्रोफाइल, फोक्सो, छाति, इसिजी, युएसजी र भिआईए जाँच गरिन्छ । मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम ३ नम्बर प्रदेश सरकारले पहिलो चरणमा सिन्धुलीसँगै मकावनपुर, सिन्धुपाल्चोक, भक्तपुर र धादिङ जिल्लामा परीक्षणको रुपमा सुरुवात गरेको हो । फोटो @Udhav Shrestha