माहाभारतको धारै धारमा जिन्दगीको यात्रा हजुर सरर साइकलमा : सिन्धुलीको सोलाभञ्ज्याङ बाट ११ किलोमीटरको साइकल जोन अहिले द्रुत गतिमा बनिरहेको छ । माहाभारतको धारै धारमा उक्त साइकल जोन बन्ने भएपछि अहिले स्थानीय धेरै उत्साहित देखिन्छन ।

माहाभारतको धारै धारमा जिन्दगीको यात्रा हजुर सरर साइकलमा : सिन्धुलीको सोलाभञ्ज्याङ बाट ११ किलोमीटरको साइकल जोन अहिले द्रुत गतिमा बनिरहेको छ । माहाभारतको धारै धारमा उक्त साइकल जोन बन्ने भएपछि अहिले स्थानीय धेरै उत्साहित देखिन्छन । ऐतिहासिक, धार्मिक र आधुनिकताको कम्बिनेसनमा यो ट्राक तयार हुँदै गरेको बताइन्छ । #साइकल#जोन#यस्तो#बन्दैछ : साइकल जोनको शुरूवातमा cz गेट बाट प्रारम्भ हुनेछ । त्यसको अर्थ साइकल जोन भन्ने हो । उक्त गेटको माथी ठुलो बत्ती झिलिमिली बलेको देखिनेछ । यहीँ गेटबाट अगाडि बढेपछि साइकल जोनमा तीन वटा मुख्य चिज देखिनेछ । मनोरंजन, जिल्लाको पहिचान र अर्को चाहिँ जिन्दगीको यात्रा ! साइकल जोनले बिशुद्द मनोरंजन दिने उदेश्य राखेको अभियन्ताहरु बताउछन । साइकल जोनमा संसारको सबैभन्दा लामो चिप्लेटि बन्नेछ । चिप्लेटि बाट झरेपछी रोप बाट चढने ब्यबस्थापन गरिनेछ । त्यो पनि अन्यत्र नभएको लामो रोप क्लाइबिङ्ग हुनेछ । यो डेढ किलोमीटरको हुनेछ । यस्तै सवा किलोमीटरको जिप साइकल पनि यहीँ बन्छ । यो मनोरंजन पर्टीको कुरा भयो । अब पार्क पर्टी लागौं । बालबालिका पार्क, साहित्यिक पार्क, राजनीतिक पार्क,हेल्थ पार्क, कल्चरल जोन, पीस जोन पनि त्यहि बन्नेछ । सिन्धुलीका जरबुटटा कलाकार बिश्वम्भर लामेछानेको जरबुटटा कलालाई पनि त्यहि कलाघर बनाएर राख्न लबिङ भइरहेको बुझिएको छ । उक्त कलाघर सिसैसिसाको घरमा हुनेछ । उक्त घर भित्र गएर कला छुन पाइदैन । तर बाहिर बाट मजाले हेर्न मिल्ने प्राबधान त्यहा हुने अभियन्ताहरु बताउछन । एक अभियन्ताले भने-“कलाकार लामिछानेलाई आफ्नो कला आफुले भन्दा साइकल जोनका अभियन्ताहरुले बढी संरक्षण गर्ने रहेछन भनेर बिश्वास दिलाउने काम त्यहाँ हुनेछ ।” यस्तै त्यहाँ एउटा हेल्थ पार्क पनि बन्नेछ । जहाँ सिन्धुली स्थायी घर भएका पुराना नयाँ डाक्टरहरुले प्रत्यक्ष सेवा दिनेछन । उक्त ठाँउमा सिन्धुलीलाई सबै सामु चिनाउने गायक स्वर्गीय कृष्ण बिक्रम थापाको शालिक पनि बन्नेछ । त्यहा स्वर्गीय थापाको शालिक अलवा कबिन्द्र जङ्ग थापाको पनि शालिक बन्नेछ । सिन्धुलीका स्थानीय कबिन्द्र तत्कालीन शाही सेनामा कार्यरत रहदा बिश्व शान्तिका लागि रास्ट्रको प्रतिनिधित्व गरेर कङ्गोमा खटिदा सहादत प्राप्त गरेका थिए । उनको योगदानलाई कदर गर्दै शालिक बनाउने तयारी भएको बुझिएको छ । साइकल जोनका चार स्पटमा खाजा-खाना खाने र बस्न मिल्ने होटेलहरु पनि बन्नेछन । त्यो सिन्धुलीकै युवा उद्दमीको लगानीमा बन्ने बताइन्छ । अहिले साइकल ट्राक #गोलन्जरको#थुम्काको#फेदीमा#पुग्नलाई#एक#किलोमीटर मात्रै #बाकी रहेको बताइन्छ । यो ठाँउ #हिर्दिङ्गमा पर्छ । साइकल ट्राक परियोजनाले सिन्धुलीमा पर्यटन ल्याउन ठुलो भुमिका खेल्ने स्थानीयले आश गरेका छन । पर्यटन बिकासको माध्यमबाट सिन्धुली जिल्लाका धेरै युवाहरूलाई रोजगारी मिल्ने बताइन्छ । साइकल ट्राक परियोजनालाई नजीक बाट हेरेका बिकासप्रेमी स्थानीय युवा अभियान्त बिबस थापा भन्छन-“बेरोजगार युवाहरुलाई वैदेशिक रोजगारीमा जानबाट रोक्नु र परिबार सङ्गै रमाउन सक्ने बाताबरण बनाउने मुख्य उदेश्य यो परियोजनाको रहेको छ ।” गएको दुई आर्थिक बर्षमा गोलन्जर गाउँपालिकाबाट थालनी गरिएको यो परियोजनामा अहिलेसम्म ७० लाख बजेट खर्च भइसकेको छ । गोलन्जर गाउँपालिकाका स्रोतका अनुसार यो परियोजना गोलन्जर गाउँपालिकाको सबैभन्दा महत्त्वपूर्ण परियोजना हो । आर्थिक बर्ष ०७४/०७५ साइकल जोन बनाउन थालिएको थियो । साइकल जोन परियोजना सम्पन्न भएपछि गोलन्जोर गाउँपालिकाले धेरै भन्दा धेरै स्थानीयलाई रोजगारी दिन सक्ने बिश्वास लिएको देखिन्छ । रोजगारीका लागि धेरै सम्भावना भएको परियोजना भएकाले गाउँपालिकाले साइकल जोनलाई उच्च प्राथमिकताको साथ द्रुत गतिमा काम अघि बढाएको जनाएको छ । स्थानीय वासिन्दा, राजनैतिक दलका प्रतिनिधीहरु र जुझारु युवाहरु क्रियाशिल रुपमा महाभारत क्षेत्रमा नेपालकै पहिलो साइकल जोन बनाउन अहिले कम्मर कसेर जुटेका छन । ऐतिहासिक सिन्धुलीगढीको सोला भञ्ज्यांङ्ग देखि माहाभारतको धारै धार सूर्जपति भूमे हुँदै गोलञ्जोरको फेदी सम्म साइकल जोन बनाउने कार्य अभियानकै रूपमा अघि बढेको छ । राजनैतिक दलका नेता, पत्रकार, स्थानीय बासिन्दाहरुको साथ र सहयोग रहेकाले गोलन्जरबासीका लागि मात्रै होइन, यो साइकल जोन समग्र सिन्धुलीबासीका लागि गर्भको विषय बन्ने सम्भावना उत्तिकै देखिन्छ ।